सदरलाइनडटकम,
नुवाकोट : नुवाकोटको विदुर नगरपालिका ४ मा जिउँदै गाई गाडेको घटना सार्वजनिक भएको छ । जिउँदै गाडिएको गाईको जिवितै उद्धार गरिएको छ । गाईलाई जिउँदै गाड्न लागेको खबर गाँउमा फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी घटनास्थल पुग्नु अगावै गाई पुर्ने मान्छे भने फरार भएका छन् । नजिकै नेपाली सेनाको ब्यारेक रहेकाले सेना र प्रहरीको सहयोगमा स्थानीयले पुर्दै गरिएको गाईको उद्धार गरेका हुन् ।
बट्टार हावाघर नजिकै नवनिर्मित क्रियापुत्री बस्ने भवन नजिक गाईलाई खाल्डो खनेर पुर्न लागिएको अवस्थामा स्थानीयले देखेका थिए । गाई चीनतर्फ तस्करीका लागि ल्याइएको हुन सक्ने आंशका गरिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
