उपचुनाव : सबै ठाउँको नतिजा सार्वजनिक

१६ मंसिर २०७६, सोमबार १५:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : एक प्रतिनिधिसभासहित मुलुकका बिभिन्न भागमा शनिवार भएको उपनिर्वाचनको सबै स्थानको नतिजा आएको छ । प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेशसभा सदस्यका लागि ३ र ४८ स्थानीय तह गरी ५२ पदका लागि शनिबार उपनिर्वाचन भएको थियो ।
सो निर्वाचनको सवै परिणाम आएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह अन्तर्गत एक उपमहानगरपालिका मेयर, ३ गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्ष पदमा उपनिर्वाचन भएको हो । जसमा सत्तारुढ नेकपा ३० र कांग्रेस १३ ठाउँमा विजयी भएका छन् ।
नेकपाले प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष ३ र विभिन्न पालिकाका २४ वडाका अध्यक्ष पद जितेको छ । त्यस्तै कांग्रेसले प्रदेश सभा सदस्य १, उपहानगरपालिकाको मेयर १ र विभिन्न पालिकाका ११ वडाध्यक्षमा जित हात पारेको छ । प्रतिनिधिसभातर्फ उपचुनाव भएको एक मात्र कास्की २ मा नेकपाले जित दोर्होयाएको छ । यसअघि रवीन्द्र अधिकारीले जितेको यो ठाउँमा यसपटक विद्या भट्टराई निर्वाचित भएका हुन् । उनीले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई हराएका हुन् ।
त्यस्तै प्रदेश सभातर्फ भने दाङमा नेकपाले र बागलुङ २ ‘ख’मा राष्ट्रिय जनमोर्चाले जित दोहोर्याएका छन् । दाङ क्षेत्र नम्बर ३ (ख) मा नेकपाका उम्मेदवार विमलाकुमारी ओली विजयी भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १ सय ४ मत अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।
बागलुङ २ ‘ख’ मा नेकपाको समर्थनमा जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही विजयी भएका छन् । त्यस्तै प्रदेश सभाअन्तर्गत भक्तपुर १ (क) मा नेकपाले आफ्नो सिट गुमाएको छ । त्यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार कृष्ण भँडेलले नेकपाका उम्मेदवार देवीप्रसाद ढकाललाई हराएका हुन् ।
यसअघि यस क्षेत्रबाट नेकपाका उम्मेदवार हरिशरण लामिछानेले जितेका थिए । त्यस्तै पहिले तत्कालीन एमालेले जितेको धरान उपहानगरपालिको मेयर पनि नेकपाले गुमाएको छ । धरान उपहानगरपालिकामा कांग्रेस उम्मेदवार तिलक राई विजयी हुनु भएको छ । उहाँले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउनु भएको हो । उपचुनाव भएको तीन गाउँपालिकाको अध्यक्षमा संखुवासभाको मकालुमा नेकपाले जित दोर्होयाएको छ ।
यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द र राजपाले जितेको महोत्तरीको पिपरामा पनि नेकपा विजयी भएको छ । एक प्रदेश सभा गुमाएको नेकपालाई दुई गाउँपालिकामा फाइदा भएको छ । एउटा गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा विजयी भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा विजयी भएको हो ।
यसअघि यहाँ कांग्रेसले जितेको थियो । उपचुनाव भएको ४३ वडामध्ये कांग्रेस र नेकपाबीच केही स्थानमा साटफेर भएको छ । यसअघि कांग्रेसले जितेका ७ वडामा नेकपा र यसअघि नेकपाले जितेका ६ वडामा कांग्रेस विजयी भएको छ । प्रदेशसभामा जित दोर्होयाउन सफल राष्ट्रिय जनमोर्चाले यसअघि जितेको एउटा वडा चाहिँ गुमाएको छ ।
समाजवादीले यसअघिको दुईवटा वडा बढाएर चार पुर्याएको छ भने एउटा गाउँपालिका गुमाएको राजपाले दुई वटा वडामा जित दोहोर्याउँदै एउटा वडा थपेको छ । साझा र विकेकशील पार्टीले चर्चाअनुसार कहीँ पनि उल्लेखनीय मत ल्याउन सकेनन् । पहिलोपटक चुनावमा भाग लिएको सिके राउतको पार्टीको मत पनि नगण्य आयो ।

Next Post

लैगिक हिंसाविरुद्ध नरैनापुरमा र्याली

१६ मंसिर २०७६, सोमबार १५:५०
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत् सोमवार मटेहियामा र्याली निकालिएको छ । मटेहिया चोकबाट शुरु भएको वडा नम्बर ५ र ६ को संयुक्त र्याली महेन्द्र मावि हुँदै गाउँ परिक्रम गरेर पुनः मटेहिया चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै गाउँपालिकाका अध्यक्ष इस्तियाक […]