बाँकेमा कोरोनाका ९ संक्रमित थपिए

सदरलाइन संवाददाता २३ श्रावण २०७९, सोमबार १३:५५
 

नेपालगञ्ज : बाँकेमा सोमवार ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ८ जना छन् । १ जना बाहिरी जिल्लाका हुन् ।

भेरी अस्पतालमा २१ वटा नमुना जाँच गर्दा ८ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । यस्तै ४ जना निको भएका छन् ।


बाँकेमा कोरोना संक्रमितको संख्या २१ हजार २१३ पुगेको छ । यस्तै २० हजार ८०९ जना निको भइसकेका छन् । अहिले बाँकेमा ५१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोहर्रमका अवसरमा नरैनापुर र जानकीद्वारा मंगलबार सार्वजनिक बिदा

२३ श्रावण २०७९, सोमबार १३:५५
नेपालगञ्ज : नेपालका हिन्दु मुस्लिमले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा मंगलबार नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । गाउँपालिकामा हिन्दु मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । मुस्लिम समुदायले […]

सम्बन्धित