बाँकेमा एकैदिन चौहत्तरी जना डिस्चार्ज

सदरलाइन संवाददाता १४ कार्तिक २०७७, शुक्रबार ०७:५५
 

नेपालगञ्ज : बाँकेमा एकैदिन ७४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ४८ पुरुष र २६ महिला कोरोनामुक्त भई शुक्रवार डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ७ सय ८६ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


बाँकेमा विरामी निको हुने दर ९० दशमलव ५४ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका २ सय ६१ र अन्य जिल्लाका १५ गरी २ सय ७६ जना छन् । बाँकेमा हालसम्म ३ हजार ७७ जनामा कोरोना पुष्टि भएको छ भने ३० जनाको मृत्युु भइसकेको छ ।

Next Post

बडादशैँ समापन हुँदै

१४ कार्तिक २०७७, शुक्रबार ०७:५५
नेपालगञ्ज : धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि शुक्रवारदेखि बडादशैँ समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ । शास्त्रानुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै हुनेछ । अखिल […]