रोपिएका विरुवाको संरक्षण गर्नु सबैको दायित्व हो : मन्त्री हमाल

सदरलाइन संवाददाता २० असार २०७९, सोमबार १३:१५
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालले बोटविरुवाको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन् ।

‘हरित सडक लुम्बिनी प्रदेशको पहिचान’ भन्ने मुख्य उद्देश्यसहित बाँकेको कोहलपुरमा सोमवार आयोजित बृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री हमालले रोपिएका विरुवाहरुको संरक्षण गर्नु राज्यको मात्र नभई स्थानीयबासीको पनि दायित्व भएको बताए ।

लुम्बिनी प्रदेश सरकारले ‘हरित सडक’ बनाउने अभियान अन्तर्गत् सडक किनार र डिभाइडरमा बृक्षारोपण गर्ने अभियान थालेको मन्त्री हमालले बताए । कार्यक्रमलाई सम्वोधन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर नगरलाई हरित नगरीको रुपमा विकास गर्ने योजना रहेको बताए ।


उनले बृक्षारोपण गर्ने तर त्यसको संरक्षणमा पहल नगर्ने प्रवृत्तिलाई स्थानीय सरकारले निरुत्साहित गर्ने उल्लेख गर्दै रोपिएका विरुवाहरुको संरक्षणमा नगरबासीको ध्यानाकर्षण समेत गराए ।

डिजिजन वन कार्यालय नेपालगञ्जका प्रमुख अजितकुमार कर्णले प्रदेश सरकारको लगानीमा कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत् पर्ने वडा नम्वर ८, ९ र १४ मा ८ सय ५६ वटा छतिवन जातका विरुवा रोपिएको जानकारी दिए । उनले ती विरुवाहरुको संरक्षणका लागि कार्यालयले तारवार गरेको जानकारी दिए ।

बृक्षारोपण कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, वन वातावरण तथा भू–संरक्षण मन्त्रालयका महाशाखा प्रमुख नारायणदेव भट्टराई, बाँकेका एसपी श्यामकृष्ण अधिकारी, कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगीता सुवेदी, वडा नम्वर ८ का वडा अध्यक्ष लालबहादुर राना, वडा नम्वर ९ का अध्यक्ष ओपेन्द्रनाथ योगी, १४ का वडा अध्यक्ष नमबहादुर आले, कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्ले लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका राई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री बन्दै

२० असार २०७९, सोमबार १३:१५
नेपालगञ्ज : जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । […]

सम्बन्धित