कोहलपुर नगरको जग्गा कब्जाप्रति एमालेको आपत्ति

सदरलाइन संवाददाता १३ कार्तिक २०७९, आईतवार १३:४४
 

कोहलपुर (बाँके) : कोहलपुर नगर विकास समितिभित्र गोप्य टेण्डरबाट लिलाम बढाबढमा नियमानुसार प्राप्त गरेका केहि ब्यक्तिका जग्गाहरु भूमाफिया र तिनका नाईकेहरुले हठाथ कब्जा गरि बसेको प्रति नेकपा एमाले नगरकमिटि कोहलपुरले आफनो गम्भिर ध्यानाकर्षण भएको जनाउदै जग्गा कब्जा गर्ने प्रबृतिप्रति एमालले आपत्ति जनाएको छ ।

समयमा नै त्यस किसिमका अतिक्रमण हटाई सबैलाई समान विचार र सबैलाई समान न्यायको प्रतिभुति हुन नसकेको खण्डमा पार्टिले अन्याय र विभेदपूर्ण व्यबहार ठहर गरि त्यस्को प्रतिबादमा समेत उत्रिन बाध्य हुने जनाएको छ ।


नेकपा एमाले कोहलपुर नगरकमिटिका अध्यक्ष खिल प्रसाद भुसालले एक बिज्ञप्ति जारी गर्दै भुमाफियाका बिरुद्ध आफु सदैब शंघर्षरत भएको जनाउदै कोहलपुर नगरपालिकाले सार्बजनिक वा संस्थागत जग्गा संरक्षण गर्न, सफा सुन्दर हराभरा कोहलपुर बनाई कोहलपुरको दिगो विकासकालागि चालिने राम्रो कामको साथ सर्मथन र सहकार्य रहने भन्दै साविक रझृना ख का कित्ता नं. ७६, ७७, ७८ र ७९ को ६ बिगाह नगर क्षेत्र भित्रका सम्पुर्ण अतिक्रमण हटाई संरक्षण गर्न ध्यानाकर्षण गराउदै अपिल समेत गरिएको छ ।

केहि ब्यक्तिको गिद्धेनजर परेको कोहलपुर नगर विकास समितिको साढे १७७ विगाहा जग्गालाई अविलम्ब अतिक्रमणमुक्त गरि संरक्षण गर्न, कोहलपुर क्षेत्रमा रहेका सार्वजनिक तथा संस्थागत जग्गा जमिनहरु अनाधिकृत रुपमा अतिक्रमण भईरहेको र त्यसमा सुकुम्बासिका नाउमा नाजायज र गैर कानुनीरुपमा अतिक्रमण गर्ने जो कोहि व्यक्ति वा संस्थागत गरिने सार्वजनिक जग्गा अतिक्रमणको बिरुद्ध एमाले सदैब शंघर्षरत रहेको भन्दै त्यस्ताखाले अतिक्रमित जग्गा अबिलमब सम्बन्धित निकायको संरक्षणमा रहने गरि खालि गराउने कार्यका लागि हामी जोडदार माग रअपिल गर्दछौं बिज्ञप्तिमा अगाडि भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा श्रीमान श्रीमती झुण्डिएको अवस्थामा फेला

१३ कार्तिक २०७९, आईतवार १३:४४
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर–१३ मा श्रीमान श्रीमती झुण्डिएको अवस्थामा फेला परेका छन् । कोहलपुर नगरपालिका १३ का ६० वर्षीय श्रीमान डम्बर बोहरा र ५७ वर्षीया श्रीमती पावर्ती बोहरा घर नजिकैको रुखमा झुडिएको अवस्था फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी […]