राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्ने माथी सरकारले कडा नीति लिन्छ : प्रम ओली

२४ बैशाख २०७५, सोमबार १६:४९
 

सदरलाइनडटकम
२४ बैशाख, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्ने माथी सरकारले कडा नीति लिने बताएका छन । राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा, कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछोडिने चेतावनी दिदै भने–‘ राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरु प्रति सरकार टुलुटुलु हेरेर बस्दैन । राष्ट्र अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने, धार्मिक विद्वेश फैलाउनेहरुबाट सजग हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा द्रुत गतिमा अघि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने कुरामा जोड दिदै भने–‘अब प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो । कसैले षडयन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठिक लाउने ठाउँमा हामी छौं ।’
राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निवार्ह गरेको बताउदै प्रधानमन्त्री ओलीले भने–‘यो सबै भूमिका नेपालको स्वाभिमानको सुरक्षा हो ।’ प्रधानमन्त्री ओलीले नेपाली सेनाले सबै प्रकारका उतार चढाव देख्दै आएको र राष्ट्रहितको पक्षमा उभिएको बताए ।
प्रधानमन्त्री ओलीले नेपालीहरु तोपसँग खुकुरीले लडेर जित हासिल गरेको जाती भएको स्मरण गरादै भने–‘राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रैदेखि बलियो बनाउनु पर्दछ । भित्र कमजोर पार्ने तर बाहिर बलियो देखाएर मात्र हुदैन ।’
प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय सुरक्षा सम्बन्धी धारणालाई समयअनुकुल ढंगले अघि बढाउने तयारी गरेको बताए । ‘विगतमा पनि हामीले गौरव गर्ने हैसियत बनाएकै हौं’– प्रधानमन्त्री ओलीले भने–‘दासता नस्विकारेका र पराधिन नभएको नेपाल अनन्तसम्म यही हैसियतमा रहनेछ ।’
कार्यक्रममा रक्षा मन्त्री इश्वर पोख्रेल, अर्थमन्त्री डा.युवराज खतिवडा प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णु रिमाल लगायतको उपस्थिती थियो ।


 

Next Post

लद्यु उद्यमका लागि युवायुवतीलाई सहायता

२४ बैशाख २०७५, सोमबार १६:४९
सदरलाइनडटकम २४ बैशाख, नेपालगन्ज :  समाजिक विकास मञ्च बाकेले आयोजना गरेको ५ दिने लद्युु उद्यम विकास तालिमको सोमबार समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै नेपालगन्ज फुलटेक्राका रवी भारतीले सेभ द चिल्डे«नको सहयोगमा समाजिक विकास मञ्चले सञ्चालन गर्दै आएको युवा लक्षित ‘बुलगारी’ परियोजनाले सहयोग गर्ने भएपछि आफु उत्साहित भएको बताए […]