विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपका लागि खेलाडी छनौट

सदरलाइन संवाददाता १ पुष २०८०, आईतवार १४:५५
 

नेपालगञ्ज : डिसेम्बर १८–२१ गतेसम्म भारतको हैदरावादमा हुने दसौँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपका लागि बाँकेबाट २० जना खेलाडी सहभागी हुँदैछन् । नेपालगञ्जमा भएको प्रथम राष्ट्रियस्तरीय मेयर कप स्ट्रेन्थ लिफ्टिङ तथा आइविपी च्याम्पियनसिपबाट ती खेलाडी छनोट गरिएको स्ट्रेन्थ लिफ्टिङ फेडेरेशनका महासचिव जीवन गिरीले बताए ।

उनका अनुसार ९५ किलो तौल पुरुष सिनियरतर्फ प्रतीक श्रेष्ठ चयन हुनुभएको छ भने ९५ किलो तौल पुरुषतर्फ अनिल सिंह सिजापति, ७६ किलो तौल पुरुषतर्फ सन्तोषकाजी शाक्य र ८५ किलो तौल पुरुषतर्फ देवेन्द्र सिंह सहभागी हुनेछन् ।

त्यसैगरी, ६० किलो तौल पुरुष सब–जुनियरतर्फ मोहम्मद अजाम अन्सारी, ६८ किलो तौल पुरुष सब–जुनियरतर्फ दिलीप थापा, ८५ किलो तौल पुरुष सब–जुनियरतर्फ अमन इद्रिसी, ६० किलो तौल पुरुष सब–जुनियरतर्फ शाहिल कसगर र ८५ किलो तौलभन्दा माथि पुरुष सब–जुनियरतर्फ समीर रेग्मी सहभागी हुनेछन् ।


८५ किलो तौल भन्दामाथि पुरुष जुनियरतर्फ आस्विनी सोना, ६८ किलो तौल पुरुष जुनियरतर्फ सर्वेश सुनार, ८५ किलो तौल पुरुष जुनियरतर्फ धिरज बुढा, ६८ किलो तौल पुरुष सिनियरतर्फ मोहित गुप्ता, ८५ किलो तौल पुरुष सिनियरतर्फ दीपेन्द्र चन्द ठकुरी, ९५ किलो तौल पुरुष सिनियरतर्फ स्मित केसी र ६८ किलो तौल पुरुष सिनियरतर्फ प्रेम थापामगर सहभागी हुने महासचिव गिरीले बताए ।

प्रतियोगितामा सहभागी हुन ती खेलाडीहरु भारतको हैदराबादतर्फ प्रस्थान गरिसकेको गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रामजानकी विवाहअन्तर्गत आइतवार स्वयम्बर हुँदै

१ पुष २०८०, आईतवार १४:५५
जनकपुरधाम : जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आइतवार सीताराम स्वयम्बर हुँदैछ । गत मङ्सिर २६ गतेदेखि सुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले जानकारी दिए । आश्विन पूर्णिमाका दिन अयोध्याका राजा […]