दुई वर्षभित्रै कर्णालीका १० जिल्लामा विद्युत पुर्याउँदै प्राधिकरण

सदरलाइन संवाददाता ३० फाल्गुन २०७८, सोमबार १५:३६
 

नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लामा विद्युत पुर्याउने भएको छ । प्राधिकरणले कर्णालीका १० जिल्लाका घर घरमा विद्युत पुर्याउने गरी काम अघि बढाएको हो ।

प्राधिकरणले कर्णालीवासीको हरेक घरमा विद्युतको पहुँच पु¥याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको छ ।


कर्णाली प्रदेशका १० जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत पुगेको छ । ३ नगरपालिका र ३३ गाउँपालिकामा अझैसम्म विद्युत पुग्न सकेको छैन ।

नगरपालिका र गाउँपालिकाका कुल ७१८ वडामध्ये ३९३ मा विद्युत पुगेको छ । कर्णाली प्रदेशको समग्र विद्युतीकरण ४४.९३ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मंगलवार ४ जनामा कोरोना पुष्टि

३० फाल्गुन २०७८, सोमबार १५:३६
नेपालगञ्ज : बाँकेमा मंगलवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४७ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा ११ जनाको नमुना जाँच गर्दा २ जना र मेडिकल कलेज कोहलपुरमा २७ जनाको नमुजा जाँच गर्दा २ जनामा गरी ४ […]

ताजा अपडेट