सदरलाइनडटकम,
दाङ : दाङको एक होटलमा मृत अवस्थामा एक व्यक्ति फेला परेका छन् । घोराही उपमानगरपालिका वडा नम्बर १५ स्वर्गद्धारी टोलमा रहेको निशा एण्ड निशान्त तन्दुरी होटलम शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शनिवार साँझ बास बस्न आएका व्यक्ति आइतवार विहान मृत अवस्थामा फेला परेका हुन् । मृत व्यक्तिको पहिचान खुल्न सकेको छैन । उनलको शवलाई पोष्र्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले बताएको छ ।


