सदरलाइनडटकम,
दाङ : करेन्ट लागेर दाङमा मंगलवार एक जनाको मृत्यु भएको छ । घरको छतमा काम गर्ने क्रममा लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी ३० वर्षीय जीवन चौधरीेको करेन्ट लागेर मृत्यु भएको हो ।
थ्रि फेस हाइटेन्सन लाइनमा पर्दा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । देउपुरस्थित एनुका पुनको घरमाथि छतमा काम गर्ने क्रममा हाइटेन्सन लाइनमा परि उनको मृत्यु भएको हो ।


