Sadarline
२०८३ असोज २५ , आइतबार

नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर, दुई सय पचास लाभान्वित



सदरलाइनडटकम,
नरैनापुर (बाँके) :  बाँकेको नरैनापुर गाउँपालिकामा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५० जना लाभान्वित भएका छन् ।
नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति बाँकेले शनिबार नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ नरैनापुरमा वडा नम्बर ४ लाई लक्षित गरी गरेको निशुल्क स्वास्थ्य शिविरमा भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा.विपिन आचार्य र नेपाली सेनाको अस्पताल राँझा नेपालगञ्जमा कार्यरत मेडिकल अफिसर डा. बुद्धिमान तामाङ नेतृत्वको मेडिकल टोलीले विरामीहरुको स्वास्थ्य जाँच गरेको नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष सुरेन्द्र कुमार डफगरले जानकारी दिए ।
उनले हरेक वर्ष सेप्टेम्बर २५ मा मनाइने विश्व फर्मासिष्ट दिवसको पूर्व सन्ध्यामा जिल्लाको विकट क्षेत्र नरैनापुरमा सामाजिक सेवाभावका साथ निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताए।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहले शिविरबाट वडा नम्बर ४ का स्थानीय लाभान्वित भएको बताए। मौसमी रुघाखोकीको सिजनमा गरिएको शिविर निकै लाभदायक भएको वडा नम्बर ४ का अध्यक्ष दिनेश प्रसाद शर्माले बताए।
घर आँगनमै विशेषज्ञ डाक्टर पुगेर स्वास्थ्य चेकजाँच गर्दा स्थानीय खुसी भएका नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति बाँकेका सल्लाहकार सन्तोष घर्ती मगरले जानकारी दिए।
सो स्वास्थ्य शिविर औषधि व्यवस्था बिभाग नेपालगन्ज, नरैनापुर गाउँपालिका र प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रको सहकार्यमा शिविर गरिएको संघका सल्लाहकार सन्तोष कोइरालाले जानकारी दिए ।
दिवसकै अवसरमा ८ गते नेपालगन्जमा प्रभातफेरी र दीप प्रज्वलन कार्यक्रम गरिने संघका उपाध्यक्ष लक्ष्मी नारायण न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ असोज ५ गते आइतबार
ताजा समाचार