२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

जानकीमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान



सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले डेङु रोग रोकथामका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष रामनिवास यादवको अध्यक्षतामा आइतवार बसेको वैठकले जानकी गाउँपालिकाको हरेक वडा वडामा जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयम् सेविका, शिक्षकलाई परिचालन गरि डेङ्गु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
वैठकमा डेङ्गु रोगको वारेमा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गिरबहादु्र गुरूङ, दलबहाद्ुर रानाले जानकारी गराएका थिए । अध्यक्ष यादवले गाउँपालिकामा डेङु रोग रोकथामका लागि जनप्रतिनिधि कर्मचारी सबै कटिवद्ध भएर लाग्न निर्देशन दिए ।
उनले गाउँपालिकाका ६ वटै वडालाई लक्षित गरेर सञ्चालन गरिएको अभियानअन्तर्गत वडाका प्रत्येक टोलमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्नुका साथै सर्वसाधारणलाई सचेतना जगाइने बताए । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले डेङु रोग लाग्नै नदिनुनै उत्तम उपाय भएकोले लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको बताइन् ।

प्रकाशित मिति : २०७६ भदौ २९ गते आइतबार
ताजा समाचार