उत्कृष्ठ अंकल्याउने तक्षशिलाकी निलम एनप्याब्सनद्वारा पुरस्कृत

सदरलाइन संवाददाता ३२ असार २०८१, सोमबार २०:१५
 

नेपालगञ्ज :  एनप्याब्सन बाँकेमा आबद्ध विद्यालय मध्ये बाँकेबाट सबै भन्दा बढी जिपिए लिएर ( छात्रातर्फ) ल्याउने तक्षशिला एकेडमी कोहलपुरकी छात्रा निलम खड्का पुस्ककृत भएकी छन् ।

उनले शैक्षिक शत्र २०८०–०८१ मा सञ्चालन भएको एसर्ईइमा तक्षशिला एकेडमीबाट सहभागी भई जिपिए ३.८७ ल्याएर उतिर्ण भएकी थिईन ।


एन प्याब्सन लुम्बिनी प्रदेश कमिटीद्वारा दाङ्गको लमहीमा भब्य कार्यक्रमको आयोजना गरी आफ्ना सदस्य विद्यालयबाट उत्कृष्ठ नतिजा ल्याउने १८ जना विद्यार्थी र विद्यालयलाई पुरस्कृत गर्ने क्रममा निलमलाई नगद प्रमाणपत्र सहित सम्मान गरेको तक्षशिला एकेडमीका प्रधानाध्यापक भिमबहादुर रोकायले जानकारी दिए ।

नेशनल प्याब्सनले लुम्बिनी प्रदेश टप र जिल्लास्तरमा सर्वोत्कृष्ट अंक ल्याउने १८ जना विद्यार्थीहरूलाई सम्मान–पत्र, नगद पाँच हजार र खादा लगाएर सम्मान गरेको उनले बताए । बाँकेबाट निलमसहित समीक्षा थापा, सुमित यादव, बाबुराम शर्मालाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्वको नाममा ट्राफिक नियम उलंघन गर्ने १ सय ६ जना कारवाहीमा

३२ असार २०८१, सोमबार २०:१५
नेपालगञ्ज :  पर्वको बाहनामा सडक नियम उलंघन गर्ने, उच्छृङ्खल क्रियाकलाप गर्नेमाथि प्रहरीले निगरानी बढाउन थालेको छ । यतिबेला मोहरमको बाहानामा सवारी नियम उलंघन गरी सवारी साधन चलाउनेमाथि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले निगरानी समेत बढाएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक […]