रौतहटका उन्नाइस वर्षीय युवकमा कोरोना संक्रमण

१ बैशाख २०७७, सोमबार १६:३९
 

सदरलाइनडटकम,
काठमाण्डौ : रौतहटका एकजना १९ वर्षीय युवकमा कोरोना संक्रमण भेटिएको छ । क्वारेन्टाइनमा राखिएका ती युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना विदेशबाट आएका ती युवकलाई क्वारेन्टाइनमा राखिएको थियो । कोरोना आशंकमा जाँच गर्दा ती युवकको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।
यसअघि वीरगञ्ज नाकामा चिया पसल चलाउने कैलालीकी ६५ वर्षीया वृद्धलाई कोरोना भेटिएको थियो । नेपालमा हालसम्म भेटिएका १४ संक्रमितमध्ये कैलालीको सेती अञ्चल अस्पतालमा ५ जना, वीरगञ्जको नारायणी अस्पतालमा तीनजना, बागलुङको अस्पतालमा २ जना र काठमाण्डौको अस्पतालमा २ जना रहेका छन् । नयाँ एकजना रौतहटमा भेटिएका हुन् ।

Next Post

बैशाख १५ सम्म लकडाउन लम्बियो

१ बैशाख २०७७, सोमबार १६:३९
सदरलाइनडटकम, काठमाण्डौ : सरकारले हाल जारी लकडाउनलाई बैशाख १५ गतेसम्म थप्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलवार बसेको मन्त्रिपरिषद् बैठककले चैत ११ देखि जारी लकडाउनलाई बैशाख १५ सम्म लम्ब्याउने निर्णय गरेको हो । यसैगरी बैठकले बैशाख १८ गतेसम्मका लागि सीमानाका बन्द राख्ने निर्णय गरेको छ । सरकारले […]