नमस्ते भिलेजमा भेलेन्टाईन स्पेशल कार्यक्रम हुँदै

२६ माघ २०७५, शनिबार १६:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : प्रेमी जोडिहरुको लागि लक्षित गरी प्रणय दिवस अर्थात ( १४ फेबु्रअरी भेलेन्टाईन डे) को अबसरमा गनापुरको नमस्ते भिलेज रिर्सोटमा विषेश कार्यक्रमको आयोजना गरिने भएको छ ।
नेपाल तमु विद्यार्थी छोजधी जिल्ला कार्यसमिति बाँकेको आयोजनामा हुन लागेको सो कार्यक्रम पूर्ण रुपले मनोरञ्जनात्मक रहने बताउदै कार्यक्रमका निर्देशक ऋषि थापाले सास्कृतिक जमघटसहितको सो कार्यक्रमलाई चर्चित कलाकार अलमोडा र डिजे बिकासको प्रस्तुतीले युवा जोडिलाई आकर्षणको केन्द्र बनाउने दाबी गरे ।
उनले कार्यक्रम स्थलमा प्रवेशको लागि एकलको लागि ३५० र जोडिलाई ५ सय शुल्क लाग्ने बताए । फागुन २ गते दिउसो साढे ४ देखि राती साढे ९ सम्म सञ्चलन हुने जानकारी दिए ।
आयोजक संस्था नेपाल तमु विद्यार्थी छोजधी जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष सुदन गुरुङ्गले युवा विद्यार्थीको माग अनुसार रमाईलो र मनोरञ्जनको लागि कार्यक्रमको आयोजना गरिएको बताए । उनले कार्यक्रमलाई सफल बनाउनको लागि विभिन्न संघसंस्थाको सहकार्य रहेको जानकारी दिदै सबैलाई कार्यक्रममा सहभागि हुनको लागि अपिलसमेत गरे ।

Next Post

जनमतको आयोजनामा ६७ जनाद्वारा रक्तदान

२६ माघ २०७५, शनिबार १६:२८
सदरलाइनडटकम, नेपालगञ्ज : जनमत अर्ध साप्ताहिकले हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय समिति र नेपालगञ्ज शाखासँगको सहकार्यमा शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा ६ जना महिलासहित ६७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारीलगायतले रक्तदान गरेका हुन् । नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणा, हिमालयन बैंक लिमिटेड, कर्मचारी […]

सम्बन्धित