सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज बिमानस्थलमा यति एयरलाइन्सको नयाँ बिमान रंगरोगनपछि उडान भर्ने तयारीमा छ । जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यति एयरलाइन्स अब एटीआर युगमा प्रवेश गरेको छ । ७२ सिट क्षमताको उक्त विमान नेपालका तराईका सजिला एयरपोर्टहरुका लागि उपयुक्त मानिन्छ । बढी यात्रुको चाप हुने गन्तब्यमा यो विमान उपयोगी सिद्ध भइसकेको छ । यो विमानमार्फत भैरहवा, नेपालगञ्ज विराटनगर, भद्रपुरलगायतका प्रमुख गन्तब्यहरुमा उडान गर्ने कम्पनीको योजना छ ।
