खजुरामा योगिनी कप फुटबल हुने

५ भाद्र २०७६, बिहीबार १८:५९
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा योगिनी कप फुटबल प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला फुटबल संघको प्राबिधिक सहयोगमा असोज ३ गते प्रतियोगिता हुने भएको हो । आवाज (हिभ) नेपालले सहयोग गर्ने प्रतियोगिता खजुरा गाउपालिका वडा नं. २ मा असोज ७ गतेसम्म चल्ने संयोजक तपेन्द्र थापाले बताए ।
भोजराज शाहीको अध्यक्षतामा बिहीवार भएको पत्रकार सम्मेलनमा लागुपदार्थ दुव्र्यसनमा फसेका युवाहरुलाई खेलको माध्यमले अकर्षित गरेर भबिष्यमा देश विकासमा अग्रसर गराउनुका साथै समाजका कर्णधार बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थापाले जानकारी दिए ।
गौघाटमा हालसम्म स्तरीय फुटबल प्रतियोगिता आयोजना नभएकाले प्रतियोगिता गर्न लागिएको भन्दै आयोजकले उत्कृष्ट खेलाडी उत्पादन गर्नसक्ने क्षेत्र गौघाट भएपनि फुटबलमा पछि परेको बताएको छ । योगिनी फुटबल कपमा जम्मा ८ वटा क्लबलाई सहभागी गराई अन्तर्राष्ट्रिय निकाय फिफाको नियमानुसार प्रतियोगिता सञ्चालन गरिने संयोजक थापाले जानकारी दिए ।
अनुमानित ३ लाख ५० हजार बजेटमा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने क्ल्बले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार नगदसहित ट्र«फि प्राप्त गर्नेछन् भने विधागतरूपमा उत्कृष्ट गोलकीपर, फरवाड, मिड फिल्डर, डिफेन्स र प्रशिक्षकसमेतले पुरस्कार पाउने आयोजकले जनाएको छ ।

Next Post

श्रद्धाभक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी मनाईंदै

५ भाद्र २०७६, बिहीबार १८:५९
सदरलाइनडटकम, नेपालगञ्ज : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व शुक्रवार देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष […]