बिग्रुपद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

सदरलाइन संवाददाता १९ कार्तिक २०७७, बुधबार १६:२३
 

नेपालगञ्ज : भेरी वातावरण बिशिष्टता समुह (बिग्रुप)ले जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँके र भेरी अस्पताल नेपालगञ्जलाई स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ ।

बि–ग्रुपका निर्देशक डम्बर सुनारको नेतृत्वमा गएको एक टोलीले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई हस्तान्त्रण गरिएको हो । बि–ग्रुपले केयर नेपालसंगको साझेदारीमा बाँकेमा एलडिएससी÷कोभिड–१९ पूर्वतयारी र प्रतिकार्य कार्यक्रम अन्तरगत स्वास्थ्य समाग्री हस्तान्त्रण गरिएको बि–ग्रुपका निर्देशक सुनारले जानकारी दिए ।


बि–ग्रुपले हस्तान्त्रण गरेका स्वास्थ्य समाग्रीहरुमा पिपिई सेट क्याटोगरी १को ७० थान, पिपिई सेट क्याटोगरी २ को ५० थान पल्स अक्सीमिटर ५० थान, सर्जिकल ग्लोब्स ५सय थान सर्जिकल माक्स १ हजार थान, स्यानिटाईजर ५ लिटरको २० जार, म्यानुअल स्प्रे मेसिन ५ थान र एन–१९ माक्स २ सय थान रहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए ।

उनले बाँकेमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएको बेला संक्रमितको उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य समाग्री उपलब्ध गराउने बि–ग्रुपलागयतका दातृ निकाय तथा संघ संस्थालाई कोभिड–१९ रोकथाममा सहकार्य गरेकोमा धन्यबाद दिए ।

 

Next Post

बाँकेका १८ सहित ३७ जनामा कोरोना पुष्टि

१९ कार्तिक २०७७, बुधबार १६:२३
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १८ सहित ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले बुधवार दिउँसो जारी गरेको सूचनाअनुसार बाँकेका १८ सहित ३७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी बर्दियाका १२ जना, दाङका ३, सुर्खेत, सल्यान, कैलाली र नवलपरासी पश्चिमका एकएक जना […]

ताजा अपडेट