नेपालगञ्जमा खाद्य मेला आयोजना गरिने

१४ मंसिर २०७५, शुक्रबार १८:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा ‘खाद्य मेला २०७५’ आयोजना गरिने भएको छ । पश्चिम नेपालमा पाइने पोषिला खाद्य बस्तु र उत्पादित खाद्यान्नबाट तयार पारिने खाद्य पदार्थको प्रचार प्रसारका साथै बजारिकरण गर्न खाद्य मेला आयोजना गर्न लागिएको हो ।
नेपालमा पाइने खाद्य बस्तुको बारेमा प्रचार प्रसार गर्न मेलाको मुख्य उद्देश्य रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्सना श्रेष्ठले बताइन् । मंसिर २८ देखि पुष १ गतेसम्म रामलिला मैदानमा सञ्चालन हुने मेलामा साविक मध्यपश्चिमका वभिन्न जातजातिको मौलिक परम्परागत पोषणयुक्त खाद्यपदार्थ, स्थानीय उद्योगबाट उत्पादित खाद्यबस्तुको प्रदर्शनी तथा विक्री स्टल रहने श्रेष्ठले बताइन् ।
मेलामा राखिने ६० वटा स्टलको भाडा नलाग्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । खाद्य मेलामा किनमेल गर्न र अवलोकनका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको उनले जानकारी दिइन् । मेलामा होटल, रेष्टुरेन्ट ब्यवसायीका लागि स्टलको ब्यवस्था गरिएको छ ।

Next Post

प्रतिमा शर्माको एमबिबिएस पढ्नको लागि निरन्तर सहयोग जुट्दै

१४ मंसिर २०७५, शुक्रबार १८:३२
सदरलाइनडटकम नेपालगञ्ज  : सरकारी विद्यालयमा अध्ययन गरेर विपन्न परिवारमा हुर्केकी बांँके खजुराकी प्रतिमा शर्माको एमबिबिएस अध्ययनको लागि सहयोगी हातहरु थपिने क्रम बढ्दो छ । उनले एमविविएस अध्ययनका लागि एक नम्बरमा नाम निकालेपछि उनको अध्ययनका लागि आवश्यक पर्ने रकम अभाव हुन नदिनको लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेकाे हाे । […]