सदरलाइनडटकम,
नेपालगञ्ज : सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिका लागि सकारात्मक आश्वासन दिएका छन् । नेकपा बाँकेका नेता रत्न खत्रीसँगको भेटमा मंगलवार मन्त्री भट्टराईले नेपालगञ्ज विमानस्थल स्तोउन्नति, नेपालगञ्ज दिल्ली उडानका लागि आफु सकारात्मक भएको बताए । भेटमा नेता खत्रीले नेपालगञ्जको बागेश्वरीमा रहेको जुंगे महादेवको मुर्ती जीर्ण भएको विषयमा ध्यानाकर्षण गराएका थिए ।


