सदरलाइनडटकम,
बर्दिया : ठूलो परिमाणको यार्सा बर्दिया प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ । ३ किलो बढि यार्सागुम्बा प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय मोतिपुरको टोलीले बाँसगढी नगरपालीका वडा नं. ५ हाउपुरबाट ९ सय ५० ग्राम टुक्रा पारिएको र २ किलो १०० ग्राम सिंगो यार्सागुम्बा बरामद प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिए । प्रहरीले हाउपुरस्थित पक्की सडकको उत्तरतर्फ झाडीमा सेतो प्लाष्टिकको बोराभित्र २ वटा प्लाष्टिकमा लुकाएको अवस्थामा सो परिमाणको यार्सागुम्बा बरामद गरेको उनले बताए ।


