मध्यपश्चिम प्रहरी अस्पताललाई प्रदेशस्तरको अस्पताल बनाईदै

१३ श्रावण २०७६, सोमबार ०८:२१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पाँच नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले नेपालगञ्जमा रहेको मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताललाई प्रदेशकै प्रहरी अस्पतालमा विकशित गरिने तयारी गरिएको बताएका छन् ।
उनले पाँच नंम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा प्रदेश प्रहरी कार्यालय दाङ्ग मार्फत सो अस्पताललाई उपलब्ध गराईएको मेडिकल उपकरण हस्तान्त्रण तथा उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।
उनले सो अस्पतालको स्तरबृद्धि गरी ५० शैयाको बनाउदै ट्रमा सेन्टर तथा विषेशज्ञ सहितको अस्पतालको रुपमा विकास गरिने योजना सुनाउदै भने–‘ हामी प्रदेश नं ५ को प्रहरीको अस्पतालको रुपमा नेपालगन्जमा निर्माण गर्ने गरी योजना बनाएका छौ ।’ उनले पश्चिम नेपालको मेडिकल हवको रुपमा रहेको नेपालगन्जमा प्रहरीको अन्य प्रशाशनिक संरचना नरहेपनि कम्तिमा पनि प्रदेश स्तरको सबै सुविधा युक्त प्रहरी अस्पताल निमार्ण गर्ने बताए ।
सो अवसरमा अस्पताललाई आवश्यक पर्ने डिजिटल एक्सरे मेसिन, ल्यावका उपकरण, डेन्टल चियर लगायतको १ करोड बढीको उपकरण हस्तान्त्रण गरीएको छ ।
२०५५ असारमा भाडाको घरमा सञ्चलन गरिएको सो १५ शैयाको अस्पताल २०५८ मा कारकाँदोस्थित आफ्नै भवनमा सञ्चालन भएको छ । पुरानो र जिर्ण अवस्थाको अस्पतालले गत अर्थिक वर्षमा प्रदेशमा कार्यरत प्रहरी, पूर्व प्रहरी तथा उनका परिवारजन गरी १८ हजार १७६ लाई सेवा दिएको अस्पतालका प्रमुख प्रहरी उपरीक्षक डा. आशिश दत्तले जानकारी दिए ।
उनले ४ जना चिकित्सक सहति ४२ जनाले सेवा दिई रहेको जानकारी गराउदै भौतिक पूर्वाधार र जनशक्ति भएमा आफुहरु विशेषज्ञसहितको सेवा दिन तयार रहेको जनाए ।
कार्यक्रममा प्रदेश प्रहरी कार्यालय दाङ्गका प्रमुख प्रहरी नायव महानिरिक्षक सुरेश विक्रम शाहले सो अस्पतालले प्रदेश ५ को मात्र नभएर कर्णली पदेश र सुदूरपश्चिम प्रदेशको प्रहरी तथा उनका आफनतलाई सेवा दिदै आएको बताए । प्रहरी अस्पताल महाराजगन्जका प्रमुख, प्रहरी नायव महानिरिक्षक डा सुमनराजा श्रेष्ठ बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेललगायतको उपस्थिति रहेको थियो ।

Next Post

जुम्मन भए नेपालगञ्जका कार्यबाहक मेयर

१३ श्रावण २०७६, सोमबार ०८:२१
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जुम्मन खाँले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएका छन् । उप–महानगर प्रमुख डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगर कार्यालयको कामको सिलसिलामा आईतबार राजधानी प्रस्थान गरेपछि वडा नम्बर ७ का वडा अध्यक्ष खाँले कार्यबाहक मेयरको जिम्मेवारी प्राप्त गरेको नेपालगञ्ज […]