सदरलाइनडटकम,
कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको डिएनए रिपोर्ट सार्वजनिक भएको छ । निलम्बित एसपी डिल्लीराज विष्टसहित आशंका गरिएका तीनै जनाको डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएको हो ।
तर तीनैजनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको कञ्चनपुर प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेरबहादुर कठायतले तीनै जनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’ आएको बताए । एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परीक्षण गरिएपनि तीनैजनाको डीएनए रिपोर्ट मेल नखाएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेको दिलिपसिंह विष्टको पनि डीएनए रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । कञ्चनपुरका बासिन्दाले शुरुदेखिनै एसपी विष्टका छोरा किरण र मेयरका भतिजा आयुषमाथि छानविन गर्न माग गरेका थिए ।
Next Post
राजधानी विवादले दोश्रो दिन पनि धनगढी बन्द
१४ आश्विन २०७५, आईतवार ११:०७
सम्बन्धित
-
१० कार्तिक २०७५, शनिबार १५:००
तुलसीपुरमा पुरुषको शव भेटियो
-
११ कार्तिक २०७६, सोमबार १५:२७
नदगसहित बाँकेमा नौँ जुवाडे प्रहरीको फन्दामा
-
५ आश्विन २०७८, मंगलवार १३:०३
कोरोनाबाट भेरी अस्पतालमा एक जनाको मृत्यु
-
२३ श्रावण २०७९, सोमबार १८:२०
बाँके युनेस्को क्लबका संरक्षक सिद्धिकीलाई नाईस अवार्ड
-
१७ चैत्र २०७४, शनिबार २०:०१
हनुमान जयन्तीमा बिशाल शोभा यात्रा
-
२५ कार्तिक २०७८, बिहीबार १३:३५
पेट्रोलियम पदार्थमा मूल्यबृद्धिविरुद्ध नेपाल बन्दको घोषणा