दाङका किसानलाई चैते धान भित्र्याउन भ्याइनभ्याइ

सदरलाइन संवाददाता २२ असार २०७९, बुधबार १५:२७
 

दाङ : दाङ बंगलाचुली गाउँपालिकाका किसानलाई चैते धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । अधिकांश ठाउँहरूमा धान रोपाइँको चटारो चलिरहेका बेला बंगलाचुली गाउँपालिका वडा नंं. ३ र ४ का किसानहरू भने चैते धानबाली घरमा भित्र्याउन भ्याइनभ्याइ भएको हो ।

सुकाखोला आसपासका स्थानीयहरू चैते धानबाली स्याहार्न पाउँदा दंग छन् । विगतका वर्षभन्दा यो पाली धानबाली राम्रै भएको छ । धान रोप्दै खेतमा नयाँ वर्ष मनाएका उनीहरू असारको तेस्रो सातामा धान पाकेपछि स्याहार्न व्यस्त भएका हुन् ।


खोला छेउका डाबरहरूमा चैते धान रोप्दै आएका कृषकहरूले पहिलेदेखि नै यही परम्परागत खेतीलाई निरन्तरता दिँदै आएका छन् । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा करिब दुई हजार पाँच सय बढी हेक्टरमा चैते धान खेती हुने गरेको छ ।

यसका लागि स्थानीय सरकारले कृषकलाई चैते धान उत्पादनका लागि प्रोत्साहन नगरे पनि स्थानीय कृषक परम्परागत रूपमा यसलाई निरन्तरता दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

२२ असार २०७९, बुधबार १५:२७
सुर्खेत : सवारी ज्यान मुद्दामा फरार रहेका एक जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३२ को नर बहादुर दमाई रहेका छन् । उनलाई कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको […]

सम्बन्धित