बैदेशिक रोजगारीबाट फर्केकालाई ‘उद्यमशिला प्रबर्द्धन तालिम’

सदरलाइन संवाददाता १७ जेष्ठ २०८०, बुधबार १३:१५
 

नेपालगञ्ज : बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि उद्यमशिलता प्रबर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । उद्यमशिलता प्रबर्द्धन कार्यक्रम अन्तर्गत नेपालगञ्जमा सात दिने तालिम सम्पन्न भएको छ । वैदेशिक रोजगार बोर्ड र नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको साझेदारीमा तालिम सम्पन्न भएको हो ।

व्यवसायिक योजना निर्माण, लेखा सञ्चालन र व्यवस्थापन, व्यवसाय छनौट, व्यवसाय सञ्चालन प्रक्रिया, उद्यमशिलता लगायतका विषयमा सहजीकरण गरिएको तालिममा नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ४, ७, १९ र २० का ४१ जनाको सहभागिता रहेको थियो । श्रम स्विकृति लिएर बैदेशिक रोजगारीमा गई बैदेशिक रोजगारीबाट फर्केका मध्येबाट आवेदन माग गरी ४१ जनालाई छनौट गरिएको रोजगार सेवा केन्द्रकी प्रमुख मञ्जु ज्ञवालीले बताइन् । उनीहरुलाई उद्यमशिल बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

सात दिने उद्यमशिलता प्रबद्र्धन तालिमबाट १३ किसिमको व्यवसाय छनौट भएको छ । इलेक्ट्रोनिक पसल १, किराना पसलको स्तरोन्तति ६, किराना तथा नास्ता पसलको स्तरोन्नति २, कुखुरापालन फर्म ५, ग्रफिस पसलको स्तरोन्नति १, जुत्ता चप्पल पसलको स्तरोन्नति १, तरकारी खेती ३, बाख्रापालन ११, बुटिक उत्पादन तथा स्तरोन्नति १, भेडापालन १, भैंसीपालन १, सिलाईकटाई पसलको स्तरोन्नति १ र सेटेरिंग २ गरी ४१ जनाको १३ किसिमको व्यवसाय छनौट गरिएको रोजगार सहायक अनुप बर्माले जानकारी दिए । तालिमको प्रशिक्षक हरि सुबेदी थिए ।


तालिम समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख तथा कार्यक्रम कार्यान्वयन समिति संयोजक कमरुद्दिन राईको अध्यक्षता एवम् बैदेशिक रोजगार बोर्डका निर्देशक राजन पौडेलको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै पौडेलले वैदेशिक रोजगार बोर्डबाट सञ्चालन हुने कार्यक्रमको बारेमा जानकारी गराएका थिए । उपप्रमुख राईले आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्नुपर्ने जोड दिए ।

समापन कार्यक्रममा वडा नम्बर २० का वडा अध्यक्ष एवम् कार्यक्रम कार्यान्वयन समिति सदस्य कौशलकुमार धोबी, सामी कार्यक्रम संयोजक सनत सापकोटा, बैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत नरबहादुर चन्द, कार्यक्रम कार्यान्वयन समिति सदस्य दिपा राना मगर लगायत उपस्थित थिए । समापन कार्यक्रमको सञ्चालन रोजगार सहायक अनुप बर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके राष्ट्रिय निकुञ्जमा बोरिङसहितका पोखरी

१७ जेष्ठ २०८०, बुधबार १३:१५
नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जमा पानीको अभाव टार्नका लागि धमाधम कृत्रिम पोखरी निर्माण गरिएका छन् । वन्यजन्तुलाई पानी खुवाउनका लागि सिमसार क्षेत्रको संरक्षणदेखि बोरिङसहितका पोखरी निर्माण गरिएको छ । कतिपय पोखरीमा सोलार जडान गरिएका छन् । बाघ संरक्षणका लागि स्थापना गरिएको यो निकुञ्जमा ८० वटा पोखरी निर्माण भइसकेको छ । […]