कोरोनाबाट बाँकेमा ५ जनाको मृत्यु

सदरलाइन संवाददाता ३० जेष्ठ २०७८, आईतवार ०९:५५
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ४ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँके, बर्दिया, दाङ, सल्यान र बैतडीका १/१ जना छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत पुडचौडी ८ बैतडीका ५४ वर्षीय पुरुष, राजापुर १ बर्दियाकी ४९ वर्षीया महिला, कालिमाटी २ सल्यानका ४६ वर्षीय पुरुष र लमही १ दाङकी ३२ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजनाथ ५ बाँकेका ६७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३०७ जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ३७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोटीमा बालविवाह, प्रहरीद्धारा बदर

३० जेष्ठ २०७८, आईतवार ०९:५५
डोटी : डोटीमा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई प्रहरीले बदर गरेको हो । जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिकाको नगरस्तरीय […]

सम्बन्धित