कोरोनाबाट भेरी अस्पतालमा एक युवकको मृत्यु

सदरलाइन संवाददाता २० श्रावण २०७८, बुधबार १४:५६
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट भेरी अस्पताल नेपालगञ्जमा थप एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–५ बर्दियाका २३ वर्षीय युवकको भाइरस संक्रमणबाट मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि मंगलवार विहान बागेश्वरी ल्यावमा परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । मंगलवारनै उनलाई भेरीको कोभिड वार्डमा भर्ना गरेर उपचार शुरु गरिएको थियो ।


कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका उनको बुधवार विहान ३ बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ३ सय ८० जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली सेनाद्धार बाँकेका तीन जना सम्मानित

२० श्रावण २०७८, बुधबार १४:५६
नेपालगञ्ज : राँझास्थित भैरब प्रसाद गणको १६४ औ बार्षिकोत्सवको अवसर पारेर उत्तर पश्चिमपृतना हेड क्वाटर, नेवारे ब्यारेक सुर्खेतले तीन जनालाई सम्मान गरेको छ । बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनकर र शिक्षक माधवी शाहलाई सम्मान गरेको हो । बाँके र बर्दिया जिल्लामा निश्वार्थ भावले […]