२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

जनप्रतिनिधिलाई स्वास्थ्य क्षेत्रप्रति उत्तरदायी बन्न आग्रह



सदरलाइनडटकम,जानकी (बाँके) : जिल्ला समन्वय समिति बाँकेका संयोजक अजकुमार श्रीबास्तबले स्थानीय तहका पदाधिकारीलाई स्वास्थ्य र शिक्षा पनि विकासको महत्वपूर्ण पाटो हो भनेर प्रथामिकतामा राख्न आग्रह गरेका छन् ।
उनले स्वास्थ्य कार्यालय बाँकेले स्थानीय तहका पादधिकारीलाई स्वास्थ्य क्षेत्रप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ दुई दिने स्वास्थ्य सम्बन्धी क्षमता अभिबृद्धि तथा अभिमुखिकरण कार्यक्रम बाँकेको जानकी गाउपालिकामा उद्दघाटन गर्दै सो आग्रह गरेका हुन ।
गाउपालिकाका प्रमुख, उप–प्रमुख, वडाअध्यक्ष र दलित महिला सदस्यहरु सहित स्वास्थ्य संस्थाका प्रमुखहरु सहभागि रहेको दुई दिनसम्म सञ्चालन हुने अभिमुखिकरणमा स्थानीय तहको स्वस्थ्य संस्था प्रति जनप्रतिनिधिलाई उत्तदायी बनाउने, स्वास्थ्य सेवा सम्बन्धित जिम्मेवारी तथा अधिकार अध्यावधिक गराउने, स्थानीय तहमा विद्यमान स्वास्थ्य संरचनाहरु र संघको अवस्थाबारे परिचित गराउने रहेका छन् ।
यसैगरी गुण्स्तरिय आधारभुत स्वास्थ्य सेवाको महत्व, उपयोग, स्थिति र पहँच अभिबृद्धिका बारेमा जानकारी दिने, तथ्यमा आधारित सहभागिता मुलक स्वास्थ्य योजना तर्जुमा र कार्यान्वयनको बारेमा स्पष्ट पारी पालिकाको वडा तहदेखि नै मस्यौदा स्वास्थ्य येजना तयार गर्ने प्रकृयाबारे छलफल गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
जानकी गाउपालिकाका अध्यक्ष रामनिवास यादवको अध्यक्षतामा सुरु भएको सो अभिमुखिकरणलाई स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम केसी, जनस्वास्थ्य अधिकृत चन्द र युएसएआईडि स्वास्थ्यको लागि सक्षम प्रणालीका मदन भट्ट, अवन्तिका प्रियदर्शनी लगायतले सहजिकरण गरि रहेका छन ।
यसअघि बाँकेको डुडुवाबाट सुरु भएको सो कार्यक्रम नरैनापुर, राप्तीसोनारी, बैजनाथ गाउपालिका र कोहलपुर नगरपालिकामा सम्पन्न भई सकेको छ ।

प्रकाशित मिति : २०७६ असार २६ गते बिहीबार
ताजा समाचार