सदरलाइनडटकम,
नेपालगञ्ज : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा बुधवार बिहान पूजाअर्चाना गरेकी छन् । उनले मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव दिपा शर्माले जानकारी दिइन् ।
पश्चिम नेपालकै शक्तिशाली शक्तिपीठ मानिने बागेश्वरी मन्दिरमा कडा सुरक्षा व्यवस्थासहित पुगेकी राष्ट्रपति भण्डारीले राष्ट्रप्रमुख भएपछि पहिलो पटक बागेश्वरी मन्दिरमा पूजाअर्चना गरेकी हुन् । राष्ट्रपतिलाई बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले बागेश्वरी माताको प्रसादका रुपमा फूलमाला तथा टिका प्रदान गर्दै मन्दिरको आर्थिक अवस्थाबारे जानकारी गराएका थिए ।
मंगलवार मुस्लिम समुदायको पवित्र महिना रमजानुलका अवसरमा आयोजना गरिएको ‘रोजा इफ्तार’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी नेपालगञ्जमा आएकी हुन् ।
Next Post
‘मानव जीवनका लागि वन आवश्यक’
२२ जेष्ठ २०७६, बुधबार १७:३६
सम्बन्धित
-
१५ फाल्गुन २०७५, बुधबार १५:३३
मन्त्री अधिकारीसहित सातै जनाको निधन
-
२८ भाद्र २०७६, शनिबार १६:४६
‘व्यवसायीको लाहपरवाहीले निर्माण योजना अलपत्र’
-
७ असार २०७६, शनिबार १०:४१
नेपालगञ्ज उप–महानगर वडानं. १८ को वडा भेला आयोजना
-
७ चैत्र २०७७, शनिबार १९:१३
खुल्ला ब्याडमिन्टनमा दाङ विजयी l
-
१६ मंसिर २०७६, सोमबार १६:१२
‘साग’ पदकतालिकामा नेपाल शीर्ष स्थानमा
-
१३ पुष २०७४, बिहीबार १९:५२
बाँकेको सितापुरमा जारी जुनियर एथलेटिक्स प्रतियोगितामा मध्यपश्चिमको वर्चश्व