चल्ला उत्पादन क्षमता बिस्तार गर्दै कुखुरा विकास फार्म

११ जेष्ठ २०७५, शुक्रबार ११:४९
 

सदरलाइनडटकम
११ जेठ, नेपालगन्ज :  कुखुरा विकास फार्म खजुरा, बा“केले स्थानीय जातको कुखुरा जस्तै लाग्ने ‘न्यूह्याम्पसायर’ र ‘अस्ट्रोलोप’ जातको कुखुराको चल्लाको मात पुरा गर्नका लागि उत्पादन क्षमता बढाउने भएको छ ।
उसले आगामी साउन महिनादेखि झण्डै साढे तीन लाख चल्ला उत्पादन गर्ने लक्ष्य सहित ह्याचरी मेशिनको क्षमता बृद्धि गर्दै छ भने माउ कुखुरा पनि थप्दैछ । फार्ममा अहिले दुई लाख चल्ला उत्पादन भइरहेको छ । त्यसका लागि २५ सय माउ कुखुरा छन् भने ह्याचरीको उत्पादन क्षमता २० हजार छ । तर अब साउनदेखि ४ हजार माउ कुखुरा पु¥याइने र थप १७ हजार प्रतिगोटा चल्ला उत्पादन गर्ने मेशिन थपेर ३७ हजार पु¥याईदैछ ।
‘सय कुखुरा माग गर्नुभएका कृषकलाई २० वटा जति दिनुपर्ने अवस्था छ । माग धेरै भएपनि कृषकलाई पु¥याउन सकिएको छैन ।’—फार्मका प्रबन्धक ललितजङ्ग कुव“रले भने,—‘अब भने त्यस्तो समस्या हट्ने देखिन्छ । साउनबाट माग अनुसार उत्पादन हुन्छ ।’ साविकको मध्य तथा सुदूरपश्चिका जिल्लाहरुमा यि दुई जातका कुखुरा पाल्ने क्रम बढेको छ । ‘लोकल’ जस्तै लाग्ने भएका कारण यसको माग धेरै भएको हो । ‘यसको मासु पनि धेरै मन पराउने रहेछन् ।’— कुव“रले भने,—‘त्यसकारण यि जातका कुखुरा पाल्ने क्रम बढेको हो ।’

Next Post

अब ई—हाजिरी सबै ठाउँमा

११ जेष्ठ २०७५, शुक्रबार ११:४९
सदरलाइनडटकम ११ जेठ, नेपालगन्ज :  बाँकेको डुडुवा गाउँपालिकामा शिक्षाको गुणस्तरियता सुधार तथा शिक्षक नियमितताका लागि विद्यालयहरुमा इ हाजिरी मेसिन जडान गरिएको छ । गाउँपालिका अन्र्तगत यस आर्थिक वर्षमा १० वटा विद्यालयलाई शुक्रबार एक कार्यक्रमका विच विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरिएको छ । गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष साहिदा बानो, गाउँपालिका शिक्षा […]