सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका ७ लालपुर र नन्कौपुरको सीमानामा शुक्रवार अबेर राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
भे ३ प ४१८४ नं. को मोटरसाइकल दुर्घटना हुँदा राप्तीसोनारी ७ नन्कौपुरका करीब २७ वर्षीय सन्तोष थारुको घटनास्थलमै मृत्यु भएको अस्थायी प्रहरी चौकी फत्तेपुर (क)ले जनाएको छ ।
उनी सवार मोटरसाइकल सडकबाट तल खसेको थियो । छाती र टाउकोमा चोट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
