कोरोना संक्रमणबाट बाँकेका एक जनाको मृत्यु

सदरलाइन संवाददाता १२ आश्विन २०७८, मंगलवार ११:४७
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा बैजनाथ गाउँपालिका–६ बाँकेका ४० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि असोज ११ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।


उनको सोमवारनै साढे ७ बजे मृत्यु भएको ओलीले बताए । योसँगै कोरोना संक्रमणकै कारण बाँके जिल्लाका ३३५ जनाको हालसम्म मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्यटन विकासका लागि एक महिने भाषा तालिम शुरु

१२ आश्विन २०७८, मंगलवार ११:४७
बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोग र पर्या पर्यटन विकास मञ्च ठाकुरद्वाराको आयोजनामा बर्दियाको ठाकुरद्वारामा एक महिने अँग्रेजी भाषा तालिम शुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको वरिपरि रहेका पर्यटन व्यवसायमा संलग्न रहेका प्रकृति पथ प्रदर्शकहरुको क्षमता विकास तथा यस पेशामा रुचि जनाउने करिब २७ जना युवाका लागि तालिमको […]