सहकारी ठगी प्रकरणमा संलग्न सबै माथि छानबिन हुन्छ : सरकारका प्रवक्ता मन्त्री गुरुङ्ग

सदरलाइन संवाददाता १० पुष २०८१, बुधबार १६:५९
 

काठमाडौं :  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबै माथि छानबिन हुने कुरामा जोड दिएका छन ।

बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्युज डटकम पत्रिका लोकार्पण कार्यक्रममा बोल्दै सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बतायका हुन । ‘सहकारीको अव्यवस्थाको समस्या अत्यन्त धेरै देखियो, एक पछि अर्को समस्या उधिनिँदै छ’, उनले भने ।


उनले मुलुकको सुरक्षा, आर्थिक विकास समृद्धिको लागि सरकारले काम गर्नुपर्ने उनले बताए । एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याएर त्यस लगत्तै कानुन निर्माण गर्ने जानकारी दिए ।

आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने उनको भनाइ छ । ‘मुलुकको सुरक्षाको लागि आर्थिक विकासको लागि र राजनीतिक प्रतिविद्धताको लागि हामीले काम गर्नुपर्ने हुन्छ , तर केही काम भएको छैन, यो वर्ष म त्यहाँ हुँदासम्म सबै काम गरेर नै छोड्छु’, उनले भने ।

सूचना पाउनु हरेक नागरिकको आधारभूत अधिकार भएको बताउँदै उनले सूचनाको अधिकारलाई कुनै पनि अवस्थामा कुण्ठित गर्नु नहुने बताए । यसलाई व्यवस्थित बनाउन लाग्नु पर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल खेलकूद महासंघ बैजनाथको प्रथम भेलाबाट बिकको नेतृत्वमा कमिटी

१० पुष २०८१, बुधबार १६:५९
बैजनाथ (बाँके) : नेपाल खेलकूद महासंघ बैजनाथ गाउपालिको प्रथम भेला भब्याताका साथ सम्पन्न भएको छ । भेलाले सुरेन्द्र बिकको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । महासंघका जिल्ला कमिटी अध्यक्ष होम सुनारको अध्यक्षता नेकपा एमाले बैजनाथ गाउँपालिका कार्यलयमा सम्पन्न भएको थियो । नेपाल खेलकूद महासंघ स्थाई कमिटी सदस्य साथै […]