सदरलाइनडटकम,
नेपालगञ्ज : भारतको लखनऊबाट पाँच जना बालबालिकाको उद्धार गरिएको छ । शक्ति समूह नेपालको सहयोगमा दुई बालिका र तीन बालकलाई उद्धार गरिएको हो । उद्धार गरी नेपाल ल्याइएका सवै १६ वर्ष मुनिका रहेको शक्ति समूह नेपालगञ्जकी क्षेत्रीय अधिकृत निर्मला थापाले जानकारी दिइन् ।
उत्तर प्रदेशको राजधानी लखनऊस्थित विभिन्न होटल र कारखानामा काम गर्दै आएका बालबालिकालाई प्रहरीले उद्धार गरी त्यहाँस्थित बालगृहमा राखेको थियो । राजकीय बालगृह र राजकीय बालिका गृहमा रहेका बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको उनले बताइन् ।
बालकलाई सिविन नेपालगञ्जको बालगृहमा राखिएको छ भने बालिकालाई शक्ति समूहको आपतकालीन आवास गृहमा राखिएको छ । अभिभावक सम्पर्कमा आएपछि जिम्मा लगाउने थापाले जानकारी दिइन् ।
