शिकार खेल्न गएका एकको मृत्यु, एक बेपत्ता

१९ मंसिर २०७५, बुधबार १८:३०
 

सदरलाइनडटकम,
कैलाली : जंगली जनावरको शिकार खेल्न गएका धनगढीमा दुई जनामध्ये एकजना मृत भेटिएका छन् भने एकजना बेपत्ता भएका छन् । फूलबारीस्थित हरियाली सामुदायिक वनमा मंगलवार बेलुका शिकार खेल्न गएका फूलबारी सीगाउँका राजमोहन चौधरी बुधवार मृत भेटिएका हुन् भने उनीसँगै गएका हरि चौधरी बेपत्ता छन् ।
राजमोहनको बुधवार बिहान कोषमाया तालनजिकै शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए । हरिको खोजीकार्य भइरहेको निमित्त प्रमुख वलीले बताए । स्थानीयका अनुसार मंगलवार साँझ उक्त जंगलमा बन्दुक पड्किएको आवाज सुनिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

धारिलो हतियार प्रहारबाट एक घाइते

१९ मंसिर २०७५, बुधबार १८:३०
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्जको काराकाँदो राधाकृष्ण मन्दिर पछाडि बुधबार साँझ ७ बजे स्थानीय युवामाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलले दिएको जानकारी अनुसार गजेन्द्र चन्दले प्रहार गरेको धारिलो हतियारबाट सन्तोष कार्की घाइते भएका हुन । उनको दाहिने […]

सम्बन्धित