सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेमा सडक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्गअन्तर्गत कोहलपुर–ढकेरी सडकखण्डमा बिहीवार दुर्घटना हुँदा कारमा सवार दुई जना घाइते भएका हुन् ।
पूर्वबाट आउँदै गरेको लु १ क ११५५ नम्बरको मिनि ट्रक र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ च ५७६९ नम्बरको कार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
सामान्य घाईते दुबै जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
