अबैध भारतीय रुपैयासहित सिजापति पक्राउ

सदरलाइन संवाददाता १८ आश्विन २०८१, शुक्रबार १९:०७
 

नेपालगञ्ज  : बाँके प्रहरीले स्रोत नखुलेको करिव ४ लाख भारतीय रुपैयासहित एकजनालाई नेपालगञ्ज–४ बाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले सुराकीले दिएको सूचनाको आधारमा धिरेन्द्र सिंजापतिले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा ३ लाख८८ हजार दुई सय भारतीय रुपैयाँ बरामद भएको जानकारी दिए ।

प्रहरीले सिजापतिको किराना पसलबाट ५ सय दरका ६ सय ५० र २ सय दरका ३ सय १६ वटा नोट गरी जम्मा भारतिय रुपैया ३ लाख ८८ हजार २ सय बरामद गरी निज सिजापति सहित आवस्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालिका शिक्षाका लागि लैंङ्गिक तथा जलवायु परिवर्तनसम्बन्धी तालिम शुरु

१८ आश्विन २०८१, शुक्रबार १९:०७
नेपालगञ्ज : रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आयोजना बाँकेमा बालिका शिक्षा कार्यक्रमका लागि लैंङ्गिक तथा जलवायु परिवर्तनसम्बन्धी तालिम शुरु भएको छ । सो तालिममा कार्यक्रम संचालित तीन वटा स्थानीय तहकाका १२ विद्यालयका फोकल शिक्षक, शिक्षक, सामाजिक परिचालकहरु तथा खजुरा गाउँपालिका शिक्षा शाखाको टिमको लागि ४ दिने […]

सम्बन्धित