नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवलको तयारी सकियो

१९ पुष २०७५, बिहीबार १९:४३
 

सदरलाइनडटकम, 
नेपालगञ्ज : शुक्रबार २० गतेदेखि नेपालगञ्जमा सुरु हुने नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवलको (निफ) को दोस्रो संस्करणको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
अन्तराल र भ्रष्टचार विरुद्ध कार्यरत संस्था बासको संयुक्त आयोजनामा हुने सो फेस्टिवलमा चर्चित र गहन विषयका २१ वटा फिल्म तथा डकुमेन्ट्रीहरु प्रदर्शन गरिने फेस्टिबलका निर्देशक प्रदीप पोख्रेलले जानकारी दिए । उनले दिएको जानकारी अनुसार सो अवसरमा ९ वटा डकुमेन्ट्री र १२ वटा फ्रिक्सन फिल्म प्रदर्शनीमा राखिने छन ।
प्रदर्शनकै क्रममा फिल्म र डकुमेन्ट्री सम्वन्धि अन्तरक्रिया समेत आयोजना हुनेछ ।
फेस्टिवलमा सहभागी हुन डकुमेन्ट्री तथा फिल्म निर्माता, निर्देशक र कलाकार नेपालगञ्ज आई सकेको आयोजक संस्था अन्तरालका अध्यक्ष जयनारायण शाहले बताए । उनले फेस्टिवलले यस क्षेत्रको पर्यटन, खेलकुद, रितिरिवाज, संस्कृति, गीतसंगीत र भाषालाई प्रर्वद्धन गर्ने बताए ।
फेस्टिवल डकुमेन्ट्रीवारे सिक्न चाहनेका लागि अवसर वन्ने विश्वास गरिएको छ । नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयमा शुक्रबार बिहान ठिक ११ वजेर २९ मिनेटमा शुभारम्भ गरिने  छ । २ दिनसम्म चल्ने फेस्टिवलमा व्यापक सहभागिता र सहयोगका लागि आयोजकले सञ्चारकर्मीलगायत सबैसँग अनुरोध गरेको छ ।

Next Post

‘बटेजका कारण रासायनिक मलको अभाव’

१९ पुष २०७५, बिहीबार १९:४३
सदरलाइनडटकम, काठमाण्डौ : कृषकहरुले यस वर्ष रासायनिक मल नपाउने भएका छन् । बजेटको अभावका कारण कृषकहरुले मल नपाउने भएका हुन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले बजेटको अभावमा कृषकहरुलाई पर्याप्त मलको व्यवस्था गर्न नसकिएको बताएका छन् । मन्त्री खनालले अर्थ मन्त्रालयले तत्काल बजेटको व्यवस्था नगरे रासायनिक मलको […]

सम्बन्धित