‘एकद्वार प्रणालीमार्फत बालविवाह अन्त्य गर्नुपर्ने’

३ असार २०७६, मंगलवार १८:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बालबिवाह अन्त्यका लागि एकद्वार प्रणालीमार्फत अघि बढ्नुपर्ने जनप्रतिनिधिहरुले बताएका छन् । सबै जनप्रतिनिधिहरुको बुझाई एक नहुँदा र बाल विवाह अन्त्यका लागि एकद्धार प्रणालीमार्फत अघि बढ्नुपर्ने मंगलवार नेपालगञ्जमा आयोजित एक कार्यक्रममा बताएका हुन् । उनीहरुले बाल विवाह अन्त्यका लागि सरकारले नीति नियम बनाएपनि मान्छे पिच्छेको बुझाईले गर्दा प्रभावकारी हुन नसकेको बताए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले सबै स्थानीय तहमा नीति निर्माणअनुसार कार्यक्रम हुन नसकेको बताइन् । उनले बालविवाहबारे अधिकांश सर्वसाधारणलाई जानकारी भएपनि बालविवाह गर्ने व्यक्तिले कानून उल्लंघन गरिरहेको जिकिर गरिन् । उपमेयर थापाले कानून नमान्ने र वंग्याएर कानून उल्लंघन गर्न बढावा दिनेलाई कारवाही गर्न सकेमात्र बालविवाह नियन्त्रण हुनसक्ने जोड दिइन् ।
प्लान इन्टरनेशनल नेपाल फिल्ड कार्यालय बाँकेको सहयोग तथा स्याक नेपालको आयोजनामा बालविवाह रोकथाम परियोजनाअन्तर्गत गरिएको वालविवाह रोकथामका लागि जनप्रतिनिधिहरुको भूमिका बिषयक अन्तरक्रियामा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले स्थानीय तहका जनप्रनिधिहरुले महत्वपूण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

Next Post

नरैनापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागु

३ असार २०७६, मंगलवार १८:२९
सदरलाइनडटकम, नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । वडा नम्बर ३ कालाफाँटाबाट मंगलवारदेखि कार्यक्रमको शुरुवात गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले शुभारम्भ गरे । पहिलो चरणमा सिंचाईका लागि पोखरी निर्माण गर्न वडा नम्बर ३ का ४२ जनालाई काममा लगाइएको गाउँपालिकाका […]