नेपालगञ्ज उपमहानगर प्रमुख डा.राणाको आइसोलेसन दौडाह

३१ श्रावण २०७७, शनिबार १९:३१
 

 

नेपालगञ्ज : साउनको दोस्रो सातादेखि एक्कासी कोरोना संक्रमित बढेपछि उनीहरु व्यवस्थापनमा कमीकमजोरी भएको जनगुनासो आईरहेको बेलामा नेपालगञ्ज उपमहानगरका प्रमुख डा. धवलशमशेर राणाले आइसोलेसन अस्पताल र सेन्टरमा पुगेर कोरोना संक्रमितहरुको अवस्थाबारे जानकारी लिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दसहितको स्वास्थ्यकर्मीको टोली लिएर उपमहानगर प्रमुख राणा झन्डै आधादर्जन आइसोलेसन सेन्टर पुगेर त्यहाँका संक्रमितहरुको अवस्थाबारे आफै जानकारी लिएका हुन ।

खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन, नेपालगञ्ज आर्दशनगर, सिटी प्यालेस र गनापुरको खुला कारागार पुगेर संक्रमितको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया, खानपिनको व्यवस्थापनबारे जानकारी लिएको टोलीमा सहभागी स्वास्थ्य शाखा प्रमुख चन्दले बताए ।

उपमहानगर प्रमुख राणाले आइसोलेसनको व्यवस्थापनमा ध्यान दिन, स्वास्थ्य उपचारमा ख्याल गर्न व्यवस्थापनमा खटिएका कर्मचारीलाई निर्देशन दिए । ‘आज म सबै आइसोलेसन सेन्टरमा पुगेर त्यहाँका संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिए सबैको मुहार चम्किलो देखे, संक्रमित सबैले कोरोनालाई जिति सक्नु भएको छ’–उनले भने ।


उनले संक्रमितहरुको आत्मबल देखेर आफै चकित भएको बताउदै कोरोनालाई ठूलो भाउगुजीका रुपमा नलिन पनि सबैलाई आग्रह गरे । सरकारका नियमहरुलाई सबैले पालना गर्ने हो भने कोरोनाबाट सबै जोगिने उनको भनाइ छ ।

‘मास्क अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने र सरसफाईमा विशेष ख्याल गर्ने हो भने कोरोनाबाट जोगिन सकिन्छ’– उनले भने । बाँकेका विभिन्न आइसोलेसनमा अहिले २ सय ५८ जना बसिरहेका छन् । त्यसमा महिलाको संख्या ८६ रहेको छ ।

 

 

 

Next Post

शनिबार जोर बिजोर प्रणाली उलंघन गर्ने २०१ सवारी साधन परे कारवाहीमा

३१ श्रावण २०७७, शनिबार १९:३१
नेपालगञ्ज : बाँकेमा कोरनाको कहर उकालो लागेकै बेलामा जारी निषेधाज्ञा फिर्ता भएपछि हुनसक्ने भिडभाडलाई नियन्त्रण गर्न लगाईएको जोर बिजोर प्रणाली उलंघन गर्ने २०१ सवारी साधन कारवाहीमा परेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक रामबहादुर कुरुम्बाङ्गले शनिबार निषेध गरिएका जोर नंम्बरका सवारी साधन नियन्त्रणमा […]