क्षेत्रीय सभापतिका दाबेदारसहित गाउपालिका उपप्रमुख वडामै पराजित

सदरलाइन संवाददाता २९ कार्तिक २०७८, सोमबार १८:१८
 


राप्तीसोनारी (बाँके) : नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत आइतबार भएको वडा अधिबेशनको निर्वाचनमा पालिकाका जनप्रतिनिधिदेखि उम्मेदवार घोषणा गरेका व्यक्ति नै वडा तहबाटै पराजित भएका छन ।

काँग्रेसको निर्वाचन समिति बाँकेले दिएको जानकारी अनुसार बाँके निर्वाचन क्षेत्र नम्वर १ को क्षेत्रीय सभापतिका सशक्त दाबेदारी गरेका डिल्ली गिरी वडा मै पराजित भएका छन । उनी बाहालवाला क्षेत्रीय समितिको सचिव थिए साथै उनी संस्थापन ईतरका बलियो उम्मेदवार मानिएका थिए । उनी वडा नं.२ बाट पराजित भएका हुन । सो वडाबाट पार्टीका जिल्ला सचिव तप्त पौडेल र जिल्ला सदस्य पवन शाहसहित १९ जना निर्वाचित हुँदा गिरी १९ जनाभित्र पर्न सकेनन ।


यसैगरी राप्तीसोनारी गाउँपालिकाकी उपप्रमुख समेत रहेकी धनीकुमारी खत्री पनि वडामै पराजित भएकी छिन् । उपप्रमुख खत्री संस्थापन समूहकी हुन् । बाँकेमा वडामै पराजित हुने जनप्रतिनिधिमा खत्री पहिलो हुन् । यसअघि संस्थापन इतरमा रहेकी उपप्रमुख खत्री केही समयअघि संस्थापन समूहमा गएकी हुन् ।

उपप्रमुख खत्रीले वडा नम्बर ८ बाट क्षेत्रीय प्रतिनिधि पदमा उम्मेदवारी दिएकी थिइन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ मा संस्थापन इतर समूहले वडा कार्यसमितिसहित क्षेत्रीय प्रतिनिधिमा पुरै प्यानल कब्जा गर्दा उपप्रमुख खत्री वडामै पराजित भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपचारको निहुँमा बलात्कार गर्ने पक्राउ

२९ कार्तिक २०७८, सोमबार १८:१८
बर्दिया : बर्दिया प्रहरीले उपचारको निहुँमा नावालिकमाथि बलात्कार गरेको अभियोगमा एक बृद्धलाई नियन्त्रणमा लिएर अनुसंस्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार बिगत १ वर्षदेखि मृगी (छारे) रोगको उपचार गराई रहेकी नाबालिकालाई गत कात्तिक २३ गतेको बिहान १० बजे ती बृद्धले आफ्नै घरमा करणी गरि रहेको […]

सम्बन्धित