सदरलाइनडटकम,
दाङ : राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानामा विषालु सर्पको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ । सर्पको टोकाइबाट भौवानाका शेरबहादुर सार्कीकी दुई छोरीको मृत्यु भएको हो ।
भौवानामा रहेको शिवशक्ति माध्यमिक विद्यालयको कक्षा सातमा अध्यनरत करिश्मा सार्की र कक्षा ५ मा अध्ययनरत सुजु सार्कीको सर्पले टोकाइबाट मृत्यु भएको प्रधानाध्यापक लिलाधर विकले जानकारी दिए ।
भौगोलिक विकटता, बाटोको समस्या, सञ्चार र स्वास्थ्य सेवाको पहुँच नहुँदा दुई जना बालिकाको मृत्यु भएको प्रधानाध्यापक विकले बताए । घरमा सुतिरहेको बेला दुई जना बालिकालाई सर्पले डसेको हो ।
गतवर्ष पनि शिवशक्ति माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ९ की छात्राको पनि सर्पको टोकाइबाट घाइते भएपछि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।
