२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

शिक्षक लाइसेन्सको विज्ञापन खूल्यो, अनलाइनबाटै फारम भर्न सकिने



सदरलाइनडटकम,
काठमाडौं :  शिक्षण पेशा गर्नेको लागि आवश्यक पर्ने शिक्षण लाईसेन्सको लामो समयदेखि रोकिएको विज्ञापन शिक्षक सेवा आयोगले खोलेको छ ।  शिक्षक लाइन्सेन्सको लागि आयोगले माध्यमिक तहको तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन निकालेको हो ।

आयोगका प्रशाशकीय प्रमुख डा. तुलसी थपलियाले यस पटक बिषयगत आधारममा शिक्षक लाइसेन्सको बिज्ञापन खुलाएको जानकारी दिए । उनले अनलाइनबाटै फारम भर्न सकिने व्यवस्था मिलाएको पनि बताए ।
प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम नलिएकाले पनि लाईसेन्सको परीक्षामा सहभागी हुन पाउने आयोगले जनाएको छ ।

आयोगक प्रशासकीय प्रमुख थपलियाले शिक्षक अभाव हटाउन मावि तहका निश्चित विषयमा शिक्षक हुन चाहने विद्यार्थीलाई तालिम नभए पनि हुने व्यवस्था गरिएको बताए । असार २२ गतेसम्म फारम भर्न सकिने समय तोकिएको छ । तर दोब्बर दस्तुर तिरी असार २९ गतेसम्म फाराम भर्न सकिने आयोगले जनाएको छ ।

1560773916लाइसेन्सको विज्ञापन

प्रकाशित मिति : २०७६ असार ३ गते मंगलबार
ताजा समाचार