१५ ग्राम ब्राउन सुगरसहित थापा प्रहरीको फन्दामा

२ जेष्ठ २०७६, बिहीबार ०९:२३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके प्रहरीले भारतबाट हेल्मेटमा लुकाई नेपाल ल्याउदै गरेको प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्धा शाखा ईन्चार्ज समेत रहेका प्रहरी निरिक्षक दिपक मल्लले दिएको जानकारी अनुसार बाँके बैजनाथ–२ बनकटवाका प्रकाश थापाका साथबाट १५ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी सहायक हवल्दारबाट उपदानमा निस्केका थापाले भे ४ प ५४७४ नंबरको मोटरसाईकल भारतको रुपैडिहाबाट नेपालगन्ज आउदै गर्दा नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा खटेको ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखाको संयुक्त टोलिले बुधबार सवा १२ बजे नियन्त्रणमा लिएको थियो ।
प्रहरी नियन्त्रणमा परेका थापाले सशस्त्र प्रहरीबाट उपदानमा निस्कदा परिचय पत्र लगायत नबुझाई दुरुपयोग गर्दै आएको पाईएको प्रहरी निरिक्षक मल्लले जानकारी दिए । उनले घटनाको अनुसंधान सुरु भएको बताए ।

Next Post

कञ्चनजंघामा दुई भारतीय पर्वतारोहीको मृत्यु

२ जेष्ठ २०७६, बिहीबार ०९:२३
सदरलाइनडटकम, काठमाण्डौ : कञ्चनजंघा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको र एकजना सम्पर्कविहीन भएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले पुष्टि बताए । आधिकारिक पुष्टिसहितको पत्र भने कम्पनीले नदिएको उनले जानकारी दिए । उनीहरू पिक प्रमोशनबाट हिमाल आरोहणमा गएका […]