नेपालगञ्जलाई बालश्रम मुक्त बनाइने

सदरलाइन संवाददाता २९ जेष्ठ २०७९, आईतवार १५:३७
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाइने भएको छ ।

बिश्व बालश्रमबिरुद्ध दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले आईतबार आयोजना गरेको बाल श्रम सम्बन्धि सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले बालश्रम ठुलो समस्याको रुपमा रहेको भन्दै यसको नियन्त्रण र रोकथाम अति आवश्यक भएको बताए ।

यसका लागि उपयुक्त कार्ययोजना बनाउन आग्रह गर्दै उनले आगामी बजेटमा प्रर्याप्त बजेट विनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गरे । नेपालगञ्जलाई बालमैत्री नगरको रुपमा विकास गर्दै अघि बढ्ने उनको भनाई छ ।


कार्यक्रममा उपप्रमुख कमरुद्दीन राईले बालश्रममा रहेकालाई एक्कासी घर फिताएृ गराउनु भन्दा यसको जडको खोजी गर्नुपर्नेमा जोड दिए । अधिकाँश विपन्न समुदायका बालबालिकानै बालश्रममा रहेको भन्दै उनले बालबालिकाले काम नगरे साँझ विहानको चुल्हो नजल्ने घरपरिवारलाई लक्षित गरेर कार्यक्रम प्रस्ताव गर्न आग्रह गरे । विपन्न परिवारलाई आयआर्जनका लागि सहयोग गर्ने र शिक्षा,स्वास्थ्यमा सहयोग गर्ने हो भने बालश्रम न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाई छ ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत पवित्रा पुरी, बाल अधिकारकर्मी महेश नेपाली लगायतले सहजिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित जमुनाहा नाकाबाट ५ जना पक्राउ

२९ जेष्ठ २०७९, आईतवार १५:३७
नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकाबाट लागुऔंषधसहित ५ जना पक्राउ परेका छन । दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षका दिवस डांगी, १७ वर्षका राजिब राय केसी, लमही ६ बस्ने १७ वर्षका राजन सिंह ठकुरी, लमही नगरपालिका ५ दाङ बस्ने वर्ष २१ का सोनु श्रेष्ठ र २० वर्षका बिशाल कुवँर पक्राउ […]