क्षयरोग र कुष्ठरोग बारे अभिमुखिकरण

१५ चैत्र २०७४, बिहीबार २१:०८
 

सदरलाइनडटकम 
१५ चैत, नेपालगन्ज : जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको उपेक्षित दलित तथा जनजाती सहभागिमुलक कार्यक्रम अन्तरगत कुष्ठरोग र क्षयरोगको बारेमा अभिमुखिकरण गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले नरैनापुर गाउपालिकाको वडा नं. ६ गंगापुर स्वस्थ्य केन्द्रमा सो वडाका महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्यकर्मी लगायतलाई लक्षित गरी सो अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका क्षय कुष्ठरोगका फोकलपर्शन प्रेम केसीले सहभागिलाई सहजिकरण गरेका थिए । कार्यक्रममा रोगका लक्षण, उपचारको विधि र प्रकृयाको बारेमा उनीहरुलाई जानकारी गराईएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर ख्डका, राष्ट्रिय क्षयरोग निवारण केन्द्रका डा. मोहन प्रसाई, सेभ द चिल्ड्रेनका हरीबोल बजगाई, वडा अध्यक्ष बीरेन्द्र पाल सिंह, कार्यालयाका अन्य कर्मचारी लगायतको सहभागिता रहेको थियो ।


 

Next Post

आफ्नै श्रीमानले गरे श्रीमतीको हत्या

१५ चैत्र २०७४, बिहीबार २१:०८
सदरलाइनडटकम   १६ चैत , बाँके : बाँकेको डुडुवा गाउँपालिका—३ वनकट्ीका २८ वर्षिय सञ्जयकुमार बर्माले आफ्नै श्रीमती शान्तीदेवीलाई बिहिवार राती गोली हानी हत्या गरेका छन् । हत्या आरोपी बर्मालाई प्रहरीले पक्राउ गरेको छ । बर्माले राती सुतिरहेको समयमा १२ बोर बन्दुकले हानेर श्रीमतीको हत्या भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरिक्षक रणबहादु […]