सदरलाइनडटकम,
काठमाण्डौ : कञ्चनजंघा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको र एकजना सम्पर्कविहीन भएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले पुष्टि बताए । आधिकारिक पुष्टिसहितको पत्र भने कम्पनीले नदिएको उनले जानकारी दिए ।
उनीहरू पिक प्रमोशनबाट हिमाल आरोहणमा गएका थिए । ताप्लेजुङको नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजंघाको शिखरमा बुधवार १० नेपालीसमेत ३६ जनाले सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।
पर्यटन विभागका प्रवक्ता सुरेन्द्र थापाका अनुसार सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा मृतकहरूको शव ल्याउने प्रयास भइरहेको छ । दुवै शव दोस्रो शिविरमा ल्याएर त्यहाँबाट शुक्रवारसम्म काठमाण्डौ ल्याइने थापाले जानकारी दिए ।
