सदरलाइनडटकम,
डडेल्धुरा : महाकाली नदीमा डुबेर बेपत्ता भएका भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पालको शव भेटिएको छ । महाकालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २५ वर्षीय पालको बुधवार शव फेला परेको हो ।
परशुराम नगरपालिका–५ परशुरामधामको तीन किलोमिटर माथि कल्पटेखानको पारी भारतीय क्षेत्रमा महाकाली किनारमामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए । यहाँका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पालका आफन्तलाई शवको तस्वीर पाउँदा उक्त शव उनकै भएको पुष्टि गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए। भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरेर शव नदिबाट निकाल्ने प्रयास भइरहेको उनले बताए । शनिवार गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका बेला नुहाउने क्रममा उनी बेपत्ता भएका थिए ।
Next Post
लालपुर्जा माग्दै भुमिहीन किसान आन्दोलनमा
२५ बैशाख २०७६, बुधबार १६:११
सम्बन्धित
-
२३ भाद्र २०७३, बिहीबार १३:११
विद्यालयस्तरमा मानव बेचविखन बिरुद्ध सचेतना फैलाउदै युवा
-
४ बैशाख २०७५, मंगलवार २०:५६
विद्यालयस्तरिय तथा जिल्लास्तरिय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न
-
२८ भाद्र २०७६, शनिबार १४:१०
साउदी अरबका तेल कम्पनीमा ड्रोनबाट आक्रमण
-
११ माघ २०७३, मंगलवार १२:४०
मेडिकल कलेज नेपालगन्जमा फार्मेसी र क्यान्टीनको सुरुवात
-
१० जेष्ठ २०७६, शुक्रबार १८:४४
नेकपा बाँकेका पदाधिकारीले लिए सपथ
-
११ मंसिर २०७६, बुधबार १६:०७
२७ किलो चरेश सहित पुन पक्राउ