कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता ८ चैत्र २०७७, आईतवार १४:४०
 

नेपालगञ्ज : बाँकेमा कोरोनाबाट थप एक जना महिलाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनाकी ६९ वर्षीया महिलाको आइतवार बिहान पौने ३ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार उनमा माघ १७ गते कोरोना पुष्टि भएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

Next Post

जमुनाहासहित चौध नाकामा कडाई

८ चैत्र २०७७, आईतवार १४:४०
नेपालगञ्ज : पछिल्लो समय कोरोना भाइरसको जोखिम बढेपछि सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाउँदै नाकामा थप कडाई गरेको छ । नाकाहरुमा हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । भारतको महाराष्ट्र, गुजरातलगायतका राज्यमा कोरोनाको सङ्क्रमण दर फेरि तीव्र गतिमा फैलिएकाले […]